विश्वभर कोरोना भाइरस ९कोभिड १९ को संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख २९ हजार ७ सय ३१ पुगेको छ ।
पाँच महिना अघि चीनको वुहानबाट फैलिएको कोरोनाका कारण हालसम्म विश्वभर ५० लाख ८५ हजार ५ सय भन्दा बढी संक्रमित भएका छन् । जसमध्ये २० लाख २१ हजार ६ सय ६६ जना उपचार पछि निको भएका छन् ।
संक्रमित मध्ये २७ लाख ३४ हजार १ सय भन्दा बढीको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । उपचाररत मध्ये ४५ हजार ८ सय २ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ ।
यस्तै कोरोनाबाट सबैभन्दाबढी प्रभावित अमेरिकामा हालसम्म ९४ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ । १५ लाख ९१ हजार ९ सय भन्दा बढी संक्रमित भएका छन् । जसमध्ये ११ लाख २६ हजार ९ सय बढीको उपचार भईरहेको छ भने १७ हजार ८ सय बढीको अवस्था गम्भीर रहेको छ ।
संक्रमित मध्ये ३ लाख ७० हजार भन्दा बढी उपचार पछि निको भएका छन् ।