कोरोना भाइरसको महामारीबाट विश्वभर मृत्यु हुनेको सख्या ३ लाख ४३ हजार ९ सय ७५ पुगेको छ ।
एकै दिन १ लाख ३ हजार २ सय १० नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या ५४ लाख ३ हजार ९ सय ७९ पुगेको छ ।
विश्वका २ सय १३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २२ लाख ४७ हजार २ सय ३० उपचारपछि निको भएका छन्।
२८ लाख १२ हजार ७ सय ७४ जनाको उपचार भइरहेको छ । जसमध्ये ५३ हजार ५ सय ६२ जनाको अवस्था गम्भीर रहेको छ ।
कोरोना भाइरसको महामारीले सबैभन्दा बढी प्रभावित अमेरिकामा ९८ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ । संक्रमित १६ लाख ६६ हजार ८ सय २८ जनामध्ये ४ लाख ४६ हजार ९ सय १४ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १३ हजार ४ सय ६० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १८ लाख ५५ हजार १ सय ७६ पुगेको छ । त्यसमध्ये ५ लाख ५४ हजार १४१ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार २ सय ७५ जनाको मृत्यु भएको छ । १८ लाख ८५ हजार ९ सय जना संक्रमित भएकोमा ८ लाख ६३ हजार १ सय ४५ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरुमा २७ हजार ६८ जनाको मृत्यु भएको छ । ९ लाख ३६ हजार ३ सय ३६ जना संक्रमित भएकोमा ५ लाख ४६ हजार १ सय १८ जना संक्रमणमुक्त भएका छन् ।