कोरोनाबाट विश्वभर ५४ लाख ९४ हजार बढी संक्रमित, ३ लाख ४६ हजारबढीको मृत्यु

आजभोलि

विश्वभर कोरोना भाइस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ४ सय ३४ पुगेको छ ।

हालसम्म ५४ लाख ९४ हजार ४ सय ५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २२ लाख ९९ हजार ३ सय ४५ जना उपचारपछि निको भएका छन् ।

२८ लाख ४८ हजार ६ सय ७६ जना अझै विभिन्न अस्पतालमा उपचार गरिरहेको वल्डोमिटरले जनाएको छ ।

विश्वकै शक्तिशाली राष्ट मानिएको अमेरिकामा
कोरोनाको कारण अन्य मुलुकको तुलनामा धेरैको मृत्यु भएको छ। कोरोना महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या ९९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ६ सय १७ जनाको मृत्यु भए सँगै कुल मृत्यु हुनेको संख्या ९९ हजार ३०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १९ हजार ६ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १६ लाख ८६ हजार ४ सय ३६ पुगेको छ । संक्रमितमध्ये ४ लाख ५१ हजार ७ सय २ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ११ लाख ३५ हजार ४ सय ३४ जनामध्ये १७ हजार १ सय ३५ जनाको अवस्था गम्भीर रहेको छ ।

  • १२ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !