विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ५७ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार २ सय ८३ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ लाख ५७ हजार ४ सय ३२ पुगेको छ ।
५७ लाख ८९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ४ सय ७३ नयाँ संक्रमित पुष्टि भएसँगै संक्रमितको संख्या ५७ लाख ८९ हजार ८ सय ४३ पुगेको छ ।
संक्रमितमध्ये २४ लाख ९७ हजार ६ सय १८ जना उपचारपछि निको भएका छन् । २९ लाख ३३ हजार ७ सय ६४ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५२ हजार ९ सय ७५ जनाको अवस्था गम्भीर छ वल्डोमिटर्समा उल्लेख छ ।
कोरोनाको महामारीले बढी प्रभावित अमेरिकामा १ लाख २ हजार १ सय ७ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख ४५ हजार ८ सय ३ जनामध्ये ४ लाख ९० हजार १ सय ३० जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १८ हजार ३ सय ४६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख ५२ हजार ६ सय २४ पुगेको छ । त्यसमध्ये ६ लाख १० हजार ३ सय २३ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै बेलायतमा ३७ हजार भन्दा बढी, ईटालीमा ३३ हजार बढी,फ्रान्समा २८ हजारबढी,स्पेनमा २७ हजार बढी र ब्राजिलमा २५ हजार बढीको कोरोनाका कारण मृत्यु भएको छ ।