विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ६२ हजार नाघेको छ ।
५९ लाख ९ हजार भन्दाबढी संक्रमित भएका छन् । जसमध्य २५ लाख ८२ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।
संक्रमित मध्य २९ लाख ६४ हजार भन्दाबढी विभिन्न हस्पतालमा उपचारत छन् । जसमध्य ५३ हजार ९ सय भन्दाबढीको अवस्था गम्भिर रहेको छ ।
पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३ हजार नाघेको छ । त्यस्तै संक्रमितको संख्या १७ लाख ६८ हजार ४ सय ६१ पुगेको छ ।
त्यसैगरी बेलायतमा ३७ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ भने २ लाख ६९ हजार भन्दाबढी संक्रमित भएका छन्। इटालीमा ३३ हजार बढीको मृत्यु, फ्रान्समा मृत्यु हुनेको संख्या २८ हजार ६ सय नाघेको छ ।
रसियामा चार हजारको मृत्यु भएको छ भने ३ लाख ७९ हजार बढी संक्रमित भएका छन् । ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिव २६ हजार ७ सय बढी पुगेको छ ।