कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

आजभोलि

महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभरमृत्यु हुनेको संख्या ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार १ सय ७७ जनाको मृत्यु भएसंगै मृतकको संख्या ४ लाख २ हजार ४७ पुगेको छ । यस्तै संक्रमित हुनेको संख्या ६९ लाख ७३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ७ सय १५ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६९ लाख ७३ हजार २ सय ४३ पुगेको छ । संक्रमितमध्य ३१ लाख ६० हजार ९८ जनाको उपचार भइरहेको छ भने ५३ हजार ५सय ८६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटसंले जनाएको छ । ३४ लाख ११ हजार ९८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोनाबाट सबैभन्दा प्रभावित अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख १२ हजार ९६ पुगेको छ । १९ लाख ८८ हजार ५ सय ४४ जना संक्रमित भएका छन् ।

कोरोनाबाट युरोपियन मुलुकहरुमा १ लाख ७८ हजार ५८३ जना, उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३४ हजार ७३६ जना, एसियाली मुलुकहरुमा ३४ हजार ६३७ जना, दक्षिण अमेरिकी मुलुकहरुमा ४८ हजार ६३७ जना, अफ्रिकी मुलुकहरुमा ५ हजार ८२ जना र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ ।

  • २५ जेष्ठ २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !