विश्वभर ३५ लाख ३० हजार ७ सय ६६ जना संक्रमणमुक्त,४ लाख ८ हजारबढीको मृत्यु

आजभोलि

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघेको छ ।

वल्डोमिटर्सले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १ लाख १३ हजार ५५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार १ सय ५७ जनाको मृत्यु भएसंगै मृतकको संख्या ४ लाख ८ हजार २ सय ४० पुगेको छ ।

त्यस्तै, संक्रमित हुनेको संख्या ७१ लाख ८९ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा १ लाख ७ हजार २ सय ३७ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या ७१ लाख ८९ हजार ८ सय ३५ पुगेको छ । सक्रमित हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी २०
लाख २६ हजार ४ सय ६० रहेको छ।

त्यस्तै, ब्राजिलमा ७ लाख १० हजार ८ सय ८७, रुसमा ४ लाख ७६ हजार ६ सय ५८, स्पेनमा २ लाख ८८ हजार ७ सय ७९, बेलायतमा २ लाख ७७ हजार ३ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्य ३५ लाख ३० हजार ७ सय ६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ३२ लाख ५० हजाभन्दाबढीको उपचार भईरहेको छ भने ५३ हजार ७ सय ९८ जनाको अवस्था गम्भीर रहेको छ ।

यस्तै, नेपालमा ३ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ४ सय ८८ जना उपचारपछि निको भइसकेका छन्। त्यस्तै १४ जनाको मृत्यु भएको छ।

  • २७ जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !