चिनको वुहानबाट करिव ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १३ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ७ सय ५७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४ लाख १३ हजार ६ सय ४८ पुगेको छ ।
७३ लाख ११ हजार भन्दाबढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख २१ हजार १ सय ८४ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ७३ लाख १८ हजार १ स य २४ पुगेको छ ।
संक्रमितमध्य ३६ लाख २ हजार ५ सय ८१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ३३ लाख १ हजार ८९५ जनाको उपचार भइरहेकोमा ५४ हजार २२ जनाको अवस्था गम्भीर रहेको
वल्डोमिटर्समा उल्लेख छ ।
कोरोनाबाट धेरै प्रभावित अमेरिकामा २० लाख ४५ हजार ५ सय ४९ जना संक्रमित छन् । जसमध्य १ लाख १४ हजार १ सय ४८ जनाकाृ मृतयु भएको छ ।
कोरोनाबाट युरोपियन मुलुकहरुमा १ लाख ८० हजार १ सय ८४ जना,उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३७ हजार ९ सय ३७ जना, एसियाली मुलुकहरुमा ३६ हजार ३ सय २८ जना, दक्षिण अमेरिकी मुलुकहरुमा ५२ हजार ८ सय ५५ जना, अफ्रिकी मुलुकहरुमा ५ हजार ५ सय ६८ जना र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २४ जनाको मृत्यु भएको छ ।