विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितको संख्या एक करोड पुग्न लागेसँगै विश्वभर अक्सिजनको अभाव हुन सक्ने चेतावनी दिएका छन् ।
बुधबार टेड्रोस एडहानोम गेबेरियसले विश्वभर अक्सिजन कंस्नट्रेटर (अक्सिजन दिने मेशिन)को समेत अभाव हुनसक्ने चेतावनी दिएका हुन् ।
अहिलेसम्म विश्वमा ९३ लाख मानिस कोरोनाबाट संक्रमित छन् भने ४ लाख ८० हजारको ज्यान गइसकेको छ । प्रत्येक हप्ता १० लाख बढी नयाँ संक्रमित देखा परेका छन् । यसकारण प्रत्येक दिन विश्वमा ८८ हजार बढी अक्सिजन सिलिण्डर र ६.२० लाख क्युबिक मिटर अक्सिजन जरुरी छ ।
संक्रमणका मामलाको वुद्धिसँगै अक्सिजन दिने मेशिनको कमी हुन गएको छ जुन कोरोना संक्रमित व्यक्तिका लागि श्वास लिन जरुरी पर्छ । टेड्रोसने विश्व स्वास्थ्य संगठनले अहिलेसम्म १४ हजार अक्सिजन कंस्नट्रेटर खरिद गरेको छ त्यसलाई १२० देशमा पठाउने तयारी छ ।