काठमाडौँ । इरानको राजधानी तेहरानमा एउटा मेडिकल क्लिनिकमा ग्यास चुहावटका कारण विस्फोट भएपछि कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
सुरूमा सरकारी अधिकारीरूले १३ जनाको मृत्यु भएको जनाएका थिए तर अग्निनियन्त्रण विभागका प्रवक्ता जलाल मालेकीले १९ जनाको मृत्यु भएको पुष्टि गरेका हुन्।
मृत्यु हुनेमा १५ महिला र ४ पुरुष रहेको इरानी सरकारी संचारमाध्यले जनमएका छन् । अग्ननियन्त्रकहरूले अन्य २० जनाको जीवितै उद्दार गर्न सफल भएका थिए ।
क्लिनिकको भवनमा रहेका मेडिकल ग्यास ट्यांकहरूबाट चुहावट भएपछि विस्फोटन हुनुका साथै आगो पनि सल्किएको समाचारमा जनाइएको छ ।