विश्वभर १ करोड ४४ लाख ४६ हजारबढीमा कोरोना संक्रमण,६ लाख ४ हजारबढीको मृत्यु

आजभोलि

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ४४ लाख २२ हजार ४ सय ६८ पुगेको छ ।

वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा २२ लाख २४ हजार ६५ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएसंगं मृत्यु ह्नेको संख्या ६ लाख ४ हजार ८ सय २३ जना पुगेको हो ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ लाख ११ हजार ६ सय ४७ पुगेको छ । संक्रमितमध्ये ५२ लाख ५ हजार ९ सय भन्दाबढीको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने ५९ हजार ९ सय बढीको अवस्था गम्भिर रहेको छ ।

कोरोनाबाट धेरै प्रभावित अमेरिकामा ३८ लाख ३३ हजार भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ४२ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ ।

यस्तै, कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९८ हजार ८८९ जना, उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९५ हजार ७७७ जना, एसियाली मुलुकहरूमा ७७८ हजार ४३० जना, दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख १६ हजार ५७२ जना, अफ्रिकी मुलुकहरूमा १४ हजार ९९६ जना र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १४० जनाको मृत्यु भएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २० लाख ७५ हजार २ सय ४६ पुगेको छ भने ७८ हजार ८ सय बढीको मृत्यु भएको छ ।

  • ४ श्रावण २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !