करिव ६ महिनाभन्दा बढी समयदेखि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर १ करोड ८५ लाख ४३ हजार ३० जना संक्रमित भएका छन्।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख १३ हजार २ सय १३ जना पुगेको वर्ल्डोमिटरले जनाएको छ ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८९ लाख ७ हजार ६२ पुगेको छ । संक्रमितमध्ये ५३ लाख ३४ हजार भन्दाबढीको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने ६३ हजार ३ सय बढीको अवस्था गम्भिर रहेको छ ।
कोरोनाबाट धेरै प्रभावित अमेरिकामा एकै दिन ६२ हजारभन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ६२ हजार ६५५ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ३९ लाख ६१ हजार ४ सय २९ पुगेको छ । संक्रमितमध्ये १ लाख ४३ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ । १८ लाख ४० हजार भन्दाबढी उपचारपछि घर फर्किएका छन् ।
यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २१ लाख २१ हजार ६ सय ४५ पुगेको छ भने ८० हजार २ सय बढीको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार ८१० जना संक्रमित थपिएसगै संक्रमितको संख्या ११ लाख ५४ हजार ९ सय १७ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ७ लाख २४ हजार ७ सय २ जना संक्रमणमुक्त भएका छन् भने ४ लाख २ हजार १ सयबढीको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा ज्यान गुमाउनेको २८ हजार ९९ पुगेको छ ।