कोरोनाबाट विश्वमा ६ लाख ३० हजारबढीको मृत्यु

आजभोलि

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ३० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार १ सय भन्दाबढीको कोरोना संक्रमणबाटै मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ६ लाख ३० हजार २ सय ११ पुगेको वर्ल्डोमिटरले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ७८ हजार ६ सयबढीमा संक्रमण देखिएसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५३ लाख ७४ हजार ३ सय ९४ पुगेको छ ।

संक्रमितमध्ये ९३ लाख ४९ हजार ३ सय ७४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ५३ लाख ९४ हजार ८ सयभन्दाबढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६६ हजार २ सय ४० जनाको अवस्था गम्भिर रहेको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४१ लाख ८ सय ७६ पुगेको छ । जसमध्ये १ लाख ४६ हजार १ सय ८३ जनाको मृत्यु भएको छ ।

यस्तै, ब्राजिलमा २२ लाख ३१ हजार ८ सय ७१ जना संक्रमित भएका छन् भने ८२ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ ।

  • ८ श्रावण २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !