विश्वमा कोरोनाबाट ६ लाख ४२ हजारबढीको मृत्यु,१ करोड ५९ लाखबढी संक्रमित

आजभोलि

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ५९ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८८ हजार २ सय ५४ जना संक्रमित थपिएसगै संक्रमितको संख्या १ करोड ५९ लाख ४० हजार ३ सय ७९ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ६ हजार १ सय ८२ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ लाख ४२ हजार ८ सय ६८ जना पुगेको वर्ल्डोमिटरले जनाएको छ । हालसम्म ९७ लाख २३ हजार ९ सय ४९ संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यस्तै, युरोपियन मुलुकहरूमा २ लाख ९५४ जना, उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ५ हजार १५४ जना, एसियाली मुलुकहरूमा ८७ हजार ३५४ जना र दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३१ हजार ८४ जनाको मृत्यु भएको छ ।

यस्तै, अफ्रिकी मुलुकहरूमा १७ हजार १४६ जना र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १६१ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४२ लाख ४८ हजार ३ सय २७ पुगेको छ । जसमध्ये १ लाख ४८ हजार ४ सय ९० जनाको मृत्यु भएको छ ।

यस्तै, ब्राजिलमा २३ लाख ४८ हजार २ सय जना संक्रमित भएका छन् भने ८५ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ ।

  • १० श्रावण २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !