विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड २ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट १ करोड ६६ लाख ४४ हजार ४८ जना सङ्क्रमण पुष्टि भएकामा १ करोड २ लाख ३२ हजार ५० जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।
यस्तै, कोरोनाका कारण ६ लाख ५६ हजार ५ सय ५० जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ। संक्रमितमध्ये ५७ लाख ५५ हजार ४ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६६ हजार ५ सयबढीको अवस्था गम्भिर रहेको छ ।
यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ४४ लाख ३३ हजार ४ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २१ लाख ३६ हजार ६ सय बढी निको भएका छन् भने १ लाख ५० हजार ४ सय भन्दा धेरैको ज्यान गएको छ ।
यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २४ लाख ४३ हजार ४ सय ८० पुगेको छ भने ८७ हजार ६ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १६ लाख ६७ हजार ६ सयभन्दा बढी निको भएका छन् ।
यसैगरी छिमेकी मुलुक भारतमा १४ लाख ८२ हजार ५ संय भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ३३ हजार ४ सयबढीको मृत्यु भईसकेको छ भने ९ लाख ९ हजारबढी निको भएका छन् ।