विश्वमा १ करोड ८७ लाखबढीमा कोरोना संक्रमण, ७ लाख बढीको मृत्यु

आजभोलि

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ लाख ९ नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २ सय भन्दाबढीको कोरोना संक्रमणबाटै मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ७ लाख ४ हजार ३ सय ६५ पुगेको वर्ल्डोमिटरले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ५२ हजार ९ सयबढीमा संक्रमण देखिएसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ८७ लाख १ हजार ६ सय ७२ पुगेको छ ।

संक्रमितमध्ये १ करोड १९ लाख १५ हजार ३ सय भन्दाबढी उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै, ६० लाख ८१ हजार ९ सयभन्दाबढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६५ हजार ४ सय बढीको अवस्था गम्भिर रहेको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४९ लाख १८ हजार ४ सय २० पुगेको छ । कोरोना संक्रमणका कारण १ लाख ६० हजार २ सयबढीको मृत्यु भएका छन् भने २४ लाख ८१ हजार ६ सय भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा २८ लाख ८ हजार भन्दाबढी संक्रमित भएका छन् भने ९६ हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १९ लाख ७० हजार ७ सय भन्दाबढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा १९ लाख ६ हजार ६ सय भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ३९ हजार ८ सयबढीको मृत्यु भईसकेको छ भने १२ लाख ८१ हजार ६ सय भन्दाबढी निको भएका छन् ।

  • २१ श्रावण २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !