विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघेको छ ।
पछिल्लो २४ घण्टामा २ लाख १९ हजार ३ सय भन्दाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ करोड २४ हजार २ सय ६३ पुगेको छ ।
संक्रमितमध्ये १ करोड २८ लाख ९८ हजार २ सय ३८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय बढीको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ७ लाख ३३ हजार ९ सइ ९५ पुगेको वल्डोमिटरमा उल्लेख छ।
संक्रमितमध्ये ६३ लाख ९२ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६४ हजार ६ सयबढीको अवस्था गम्भिर रहेको छ ।
यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ५१ लाख ९९ हजार ४ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २६ लाख ६४ हजार ७ सय बढी निको भएका छन् भने १ लाख ६५ हजार ६ सय भन्दा धेरैको ज्यान गएको छ ।उपचार गराइरहेका २३ लाख ६९ हजार १२६ जनामध्ये १७ हजार ८१२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३० लाख ३५ हजार ५ सय ८२ पुगेको छ भने १ लाख १ हजार १ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २१ लाख १८ हजार ४ सय भन्दा बढी निको भएका छन् ।
यस्तै छिमेकी मुलुक भारतामा २२ लाख १४ हजार १ सयभन्दाबढी संक्रमित भएको छन् भने ४४ हजार ४ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १५ लाख ३४ हजार २ सय भन्दाबढी उपचार पछि निको भएका छन् ।