बोस्टन । हिमालय लायन्स क्लब न्यु इंगल्याण्ड नयाँ कार्य समितिमा राम थापा निर्वाचित भएका छन् । थापाको कार्यकाल २ वर्षको रहने छ ।
हिमायलय वित्रोमा भएको क्लबको ७ औं ‘चार्टर नाइट’ (स्थापना दिवस) को अवसरमा नयाँ निर्वाचित कार्यसिमितको नामावली पूर्व प्रेसिडेन्ट तथा निर्बाचन आयुक्त बिष्णु कार्कीले पढेर सुनाएका थिए । कार्यक्रममा इन्टरन्याशनल डिस्ट्रिक्ट ३३ केका पदाधिकारीहरु र बोस्टन क्षेत्रका सामाजिक व्यक्तित्वको सहभागिता थियो ।
क्लबका चार्टर प्रेसिडेन्ट महेश्वर पन्तले संचालन गरेको कार्यक्रममा नबनिर्बाचित प्रेसिडेन्ट थापालगायतका पदाधिकारीहरूलाई डिस्ट्रिक्ट ३३केका गर्भनर एन्डी पोर्टर ले पदस्थापन र सपथ ग्रहण गराएको जानकारी क्लबका कोषाध्क्ष तथा सचिव थानिरत्न कंडेले जानकारी दिए ।
क्लबको २०१७-२०१९ का लागि फर्स्ट भाइस प्रेसिडेन्टमा पेशल रेग्मी, सेकेन्ड भाइस प्रेसिडेन्ट सन्तोष सुबेदी र थर्ड भाइस प्रेसिडेन्टमा गोबर्धन पूजा, कोषाध्क्ष तथा सचिवमा थानीरत्न कंडेल, मेम्बर सेक्रेटरी ज्ञानप्रकाश शर्मा, टेल ट्वीस्टरमा दिनेश पाण्डे र ट्यामरमा राम धिताल निर्वाचित भएको जानकारी नवनिर्वाचित कोषाध्क्ष तथा सचिव कंडेलले जानकारी दिए ।
२००९ मा स्थापना भएर २०१० मा चार्टर भएको हिमालयन लाइन्स क्लबले नियमित रुपमा निशुल्क आँखा शिबिर, रक्तदान कार्यक्रम गर्दै आएको छ । क्लबले नेपालका विभिन्न विधालयमा अािर्थक सहयोग समेत प्रदान गर्दै अाएको कंडेलले बताए । उनका अनुसार क्लबले नेपालमा एक विधालयमा पुस्तकालय भवन बनाउनुका साथै हरेक वर्ष आर्थिक रुपमा कम्जोर विधालय तथा गरिब विद्यार्थीको सहयोगार्थ १५ सय डलर पठाउदै आएको छ l