काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले सम्मानित न्यायालयको गरिमाप्रति आफूले सधै सम्मान गर्ने गरेको र भविश्यमा पनि सम्मान गर्ने जनाएका छन् । आज एक वक्तव्य निकाली उनले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार न्यायलय स्वतन्त्र र निश्पक्षताको पक्षमा रहेको बताएका छन् ।
उनले वक्तव्यमा भनेका छन्, संशदीय शासन प्रणाली, स्वतन्त्र न्यायालय, प्रेस स्वतन्त्रता, र मानवअधिकार जस्ता मुल्यकाप्रति आफू वाल्यकालदेखि नै अभिप्रेरित र व्यक्तिगत रुपमा पनि अविचलित ढंगले प्रतिबद्ध रहदै आएको जनाएका छन् ।
महामन्त्री कोइरालाले आज विराटनगरमा न्यायपालिका व्यवस्थापिकाको मातहतमा राख्नुपर्ने अभिव्यक्ति सार्वजनिक गरेपछि विभिन्न टिकाटिप्पणी तथा आलोचना भएको थियो । त्यसपछि उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले न्यायालयले कार्यपालिकामाथि हस्तक्षेप गरेको बताएका थिए ।