सबै विदेशी पर्यटकलाई मंसिर १ देखि नेपाल आउन दिने

आजभोलि

सबै विदेशी पर्यटकलाई मंसिर १ देखि नेपाल आउन दिने

काठमाडौं । सरकारले मंसिर १ गतेदेखि सबै विदेशी पर्यटकलाई नेपाल आउन दिने गरि कार्यविधि तयार पारेको छ ।
नेपाल पर्यटन बोर्डले गठन गरेको टुरिजम रिकभरी टास्कफोर्सले सो कार्यविधि तयार गरेको हो । टास्कफोर्सले सो कार्यविधिमा सबै मुलुकबाट आउने पर्यटकलाई ९२ घण्टा अघिको पिसीआर रिपोर्टलाई मान्यता दिने जनाएको छ ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा)अध्यक्ष अच्युत गुरागाईँले कार्यविधि कार्यान्वयनमा ल्याउन मन्त्रिपरिषदमा पत्राचार गरेको बताए । उनले कार्यविधिमा पर्यटकलाई तीन दिन होटलमै राख्नका लागि प्रस्ताव गरेको बताए ।

अध्यक्ष गुरागाईँले पर्यटक सहजताका लागि विमानस्थलमै पिसीआर मेसिन राख्नका लागि अनुरोध गरेको बताए । उनले तीन दिन होटलमै राख्ने र पुनः पिसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट भएका पर्यटकलाई भ्रमणमा सहभागिता गराउन सरकारलाई आग्रह गरेको बताए ।

  • १६ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !