एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै भने, हामी सबै जित्ने छौ । हामी जीतको लागि पहिलेदेखि तयार थियौ । उनले भने, यसका लागि म सबै मतदाताहरुलाई धन्यवाद दिन चाहन्छु ।
उनले भने, अमेरिकामा जे भइरहेको छ, त्या ठीक भइरहेको छै् । ठूलो धोका भइरहेको छ । जुन अमेरिकी जनताप्रतिको धोका हो । र, मतदाताको मताधिकार छिन्ने काम भइरहेको छ । तर, म त्यस्तो हुन दिन्न, उनले भने ।
President @realDonaldTrump thanks the American People for their support: “Millions and millions of people voted for us tonight. And a very sad group of people is trying to disenfranchise that group of people. And we won’t stand for it.” pic.twitter.com/SLzmjpCAu5
— Team Trump (Text VOTE to 88022) (@TeamTrump) November 4, 2020
उनले डेमोक्रयाटलाई लक्षित गर्दे भने, हामी जीत मनाउन तयारीमा थियौ, तर अचानक फरक कुरा सुनिदैछ । केही दुखी मान्छे तथा समूहले मतदाताहरुको अधिकार छिनिरहेका छन् ।
LIVE: President Donald J Trump https://t.co/J7hhaUPUf0
— Team Trump (Text VOTE to 88022) (@TeamTrump) November 4, 2020
उनले भने, टेक्सास, फ्लोरिडा, ओहायोमा मैलै जिती सके, जुन मलाइ थाहा थियो । तर, तर केही मानिसहरु उक्त परिणाम बिरुद्ध अदालत जाँदैछन् । जुन कुरा मैलै पहिलेदेखि भन्दै आइरहेको छ ।
उनले धाँधलीको आफू सर्वोच्च आदालत जाने चेतावनी दिए । यहाँ गलत भइरहेको छ । यसको बिरुद्ध अदालत जानेछु । नर्थ फ्लोरिडामा जे भयो, त्यो जनतामाथिमो धोका भएको दाबी गरे ।
उनले जो बाइडनले धाँधली गरेका आरोप लगाउँदै आइरहेका छन् । उनले निर्वाचनमा आफू जित्ने राज्यमा पनि हारेको भन्दै उक्त आरोप लगाएका हुन् ।