एजेन्सी । फाइजर तथा बायोनटेक कम्पनीले कोरोना खोपमा उल्लेख्य उपलब्धि भएको जनाएको छ । हालसम्मको परिक्षणमा ९० प्रतिशतमा सफल हुने जनाइएको छ । जसले कोरोना रोक्नेमा आशावादी बढाएका छन् ।
फाइजरले जनाए अनुसार यसको अन्तिमसम्म ५ कोरोड खोप गराइसक्ने जनाएको छ । २०२१ को अन्तसम्म १.३ अर्ब डोज तयार गर्ने जनाइएको छ ।
यो अमेरिका, ब्राजिल, जर्मनी, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा भएो परीक्षणमा सात दिनभित्र ९० प्रतिशत मानिसमा भाइरसको प्रतिरक्षा प्रणाली विकसित भएको पाइएको छ ।
कम्पनीले यो महिनाको अन्तिमसम्म आउने दाबी गरेको छ । तर यसमा ढुक्क हुने अवस्था भने नभएको श्रोतले जनाएको छ ।
कम्पनीले ६ देशका लागि ४३ हजार ५ सय मा परिक्षण गरिसकेको जनाएको छ । दुनियाभरी अरु पनि परिक्षण भइरहेका छन् । तर पनि खासै उपलब्धि भने देखिएको छ ।
परिक्षणको प्रयोग गर्दा भाइरसको जेनिटिक कोडको प्रयोग गरिएको छ । यसले शरीरको प्रतिरोधात्मक क्षमताको इन्जेक्ट गर्ने जनाइएको छ ।
यसको मूल चुनौती भनेको माइनस ८० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्छ । र सबैका लागि सुलभ उपलब्ध गराउन पनि उतिकै चुनौती रहेको कम्पनी जनाएको छ ।
File photo