नेपाली कांग्रेस प्रवेश गर्ने लहर

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेश नजिकिँदै गर्दा विभिन्न पार्टी परित्यागरी कांग्रेस प्रवेश गर्ने लहर बढेको छ । कम्युनिस्ट लगायत अन्य पार्टीमा सिद्धान्तत र निष्ठाको राजनीतिभन्दा नेतृत्वको स्वच्छाचारी चरित्र देखेर वाक्क भएका नेता कार्यकर्ताहरु कांग्रेसतिर आकर्षित भएका हुन् ।

गत बिहीवार नेपाली कांग्रेसका सभापति शेरबहादुर निवास बढानिलकण्ठमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा माओवादीबाट कांग्रेस प्रवेशका लागि नेता–कार्यकर्ता आएका थिए । राप्रपा र माओवादी पार्टी परित्याग गरी कांग्रेस प्रवेशका लागि आएका सयौं नेता, कार्यकर्तालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठस्थित आफ्नै निवासबाट कांग्रेस सदस्यता वितरण गरेका हुन् ।

यसरी राप्रपा र माओवादीबाट केन्द्र तहदेखि प्रदेश, स्थानीय वडा हुँदै गाउँ तहसम्मका नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गर्ने लहर देखिएको छ । त्यसरी राप्रपा र माओवादी परित्याग गरी ती नेता–कार्यकर्ता स्वस्फूर्त ढंगले कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा कांग्रेस सभापति देउवा निवासमा सह–महामन्त्रीद्वय डा. प्रकाशशरण महत र सुनील थापाको पनि उपस्थिति रहेको थियो ।

यसरी अन्य पार्टी परित्यागरी नेपाली कांग्रेस प्रवेश गर्नेहरुलाई सभापति देउवाले सदस्यता वितरण गदरेका थिए भने सह–महान्त्री महत र थापाले खादा ओढाएर कांग्रेसमा स्वागत गरेका थिए ।

  • १८ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !