काठमाडौँ, भाद्र २५ ।
करिब डेढ महिनादेखि करारको माग राखी आन्दोलनरत आंशिक प्राध्यापकहरुले त्रिवि केन्द्रीय कार्यालयमा रिले अनसन र बालुवाटारमा धर्नालाई जारी राखेका छन् ।
उनीहरुले माग पूरा नभईन्जेल आन्दोलन नटुंगिने बताउँदै आएका छन् । तर, त्रिवि स्रोतले भने मागलाई अझैसम्मपनि गम्भीरताका साथ नलिएको उनीहरुको गुनासो छ ।