काबुल । अफगानिस्तान सरकारले देशभर कर्फ्यु लगाउन आदेश जारी गरेको छ । तालिबान लडाकुको आक्रमकतालाई ध्यानमा राखेर त्यहाँको सरकारले देशभर कर्फ्यु जारी गरेको हो । तालिबानी लडाकुलाई सहरभित्र प्रवेशमा रोक लगाउन कर्फ्यु लगाइएको बताइएको छ ।
राजधानी काबुलसहित दुई अन्य प्रान्तबाहेक अफगानिस्तानभर राति १० बजेदेखि बिहान ४ बजेसम्म आवामगनमा रोक लगाइएको छ । पछिल्लो दुई महिनामा अमेरिकी र नेटो सेना फिर्ता भएसँगै तालिबानले अफगानिस्तानमा आफ्नो प्रभाव बढाउन थालेको छ ।
पछिल्लो समय तालिबानले आधा अफगानिस्तानमाथि आफ्नो नियन्त्रण जमाइसकेको बताइएको छ । अफागनिस्तानको स्पिन बोल्डाक क्षेत्रका साथै कतिपय जिल्लाहरूमा दुबै पक्षबीच लगातार युद्ध भइरहेको छ ।
केही दिनअघि पुलित्जर पुरस्कार विजेत भारतीय पत्रकार दानिश सिद्दिकीको स्पिन बोल्डान क्षेत्रमै गोली लागेर मृत्यु भएको थियो ।