कीर्तिपुर ।
अामरण अनशनकारी डा. महेश कुमार गजुरेलको अवस्था झनै जटिल बनेको छ ।
उनी नवौं दिनदेखि त्रिवि केन्द्रीय कार्यालय अगाडि अामरण अनशनमा छन् ।
सहअध्यक्ष ठमिन्द्र खतिवडाका अनुसार बुधबारको भन्दा बिहीबार उनलाई झनै असहज् भएको हो । उनले भने “अवस्था यति जटिल हुँदा पनि सम्बन्धित निकाय मौन छ” । परिवारका सदस्यहरु चिन्तित बन्दै जीवन रक्षाको लागि अपील गरेका छन्, हामीले अनशन टुंगोमा पुर्याउन सकेका छैनौं खतिवडाले भने ।
यसअघि पनि विभिन्न संस्थाहरूले डा. गजुरेलको जीवन रक्षाको माग गर्दै विज्ञप्ति जारी गरेका थिए । सबैतिर बाट दवाव पर्दापनि सम्बन्धित निकायले अांशिकको माग पूरा गरेको छैन । यहि कारण अनशनकारीको अवस्था झनै जटिल बन्दै गैरहेको छ ।
अांशिक प्राध्यापकहरुले अनशन र धर्ना एकसाथ गरिरहेका छन् । बिहिबार पनि उनीहरुले माईतिघर मण्डलामा अनशनकारीको जीवन रक्षाको लागि दवाव स्वरुप धर्ना दिएका थिए ।