काठमाडौँ । नेपाली काँग्रेसले दोस्रो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका शीर्ष नेताको निर्वाचन क्षेत्र टुङ्गो लगाएको छ । काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको संसदीय समितिको बैंठकले उम्मेदवारहरू टुङ्गो लगाएको हो ।
सभापति देउवा डडेल्धुरा, रामचन्द्र पौडेल तनहुँ १ बाट, प्रकाशमान सिंह काठमाडौँ १ बाट, उपप्रधानमन्त्री विजयकुमार गच्छदार सुनसरी ३ बाट, महामन्त्री डा. शशाङ्क कोइराला नवलपुर १ बाट, उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा २ बाट र विमलेन्द्र निधि धनुषा ३ बाट उम्मेदवारी दिने निर्णय काँग्रेसले गरेको छ ।
यसैगरी डा. प्रकाशशरण महत काठमाडौँ ५, मीनेन्द्र रिजाल मोरङ २, महेश आचार्य मोरङ ४, डा. शेखर कोइराला मोरङ ६ बाट, पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र १ र ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट उम्मेदवार हुने भएका छन् ।
त्यसैगरी गगनकुमार थापा काठमाडौँ ४, फरमुल्लाह मन्सुर बारा ३, अर्जुनप्रसाद जोशी पर्वत १, नवीन्द्रराज जोशी काठमाडौँ–८ बाट उम्मेदवार बन्ने काँग्रेसले जनाएको छ ।
यसैगरी डा. नारायण खड्का उदयपुर १, नारायण कार्की उदयपुर २, एनपी साउद कञ्चनपुर २, रमेश लेखक कञ्चनपुर ३, रमेश रिजाल पर्सा ४ बाट, उम्मेदवार हुने छन् ।