काठमाडौं । बझाङ्ग जिल्लाको पछिल्लो राजनीतिक माहोल हेर्दा कम्युनिष्ट गठबन्धन भन्दा नेपाली काग्रेस बलियो देखिएको छ । नेपाली कांग्रेसको चुनावी अभियानले गाउँ गाउँसम्म पुग्दा पनि एमाले माओवादी गठबन्धन अन्योलमै रुमालिएको छ । नेकपा एमाले भित्र टिकट वितरणमा बढेको असन्तुष्टिको कारण उनीहरुको सक्रियतामा कमी आएको छ । जसरी निर्वाचन प्रचारमा लाग्नु पर्ने त्यसरी उनीहरु खटिएका छैनन् ।
नेपाली कांग्रेसले प्रतिनिधि सभाका लागि निवर्तमान पार्टी सभापति पृथ्वी बहादुर सिंहलाई उम्मेद्वार बनाएका छ । उनी बझाङ्ग जिल्लाका लोकप्रिय नेता हुन । प्रदेश सभाका लागि बझाङ्ग ‘क’ बाट निर्वतमान संसद चन्द्रा देवी जोशी र ‘ख’ बाट पूर्व राज्यमन्त्री नरेश बहादुर सिंहलाई उम्मेद्वार बनाएको छ । तीनै जना नेता व्यक्तित्व तथा नेतृत्व क्षमता भएका केन्द्रीयस्तरका नेता हुन् ।
पछिल्लो समयमा आएर नेपाली कांग्रेसका नेताहरु एक ढिक्का भएर चुनावी अभियानमा लागेका छन् । नेपाली कांग्रेसका नेता डा. सुरेश मल्ल, पूर्व जिल्ला सभापति चेतराज बज्याल, पूर्व पार्टी सभापति सत्यराज भण्डारी, युवा नेता जगतप्रसाद जोशी लगाएतका सबै नेताहरु पार्टीलाई निर्वाचनमा जिताउन लागि परेका छन् । जसले गर्दा बझाङ्ग कांग्रेसमय भएको छ ।
नेकपा एमाले तथा माओवादी भित्रको असन्तुष्टि अहिले पनि जहाँको त्यही छ । यो भुसको आगो जस्तै तल्लो तहका कार्यकर्तासम्म फैलिदै गइरहेको छ । जसको कारण नेता तथा कार्यकर्ता निस्कृय भएका छन् ।
नेकपा एमालेका जिल्ला अध्यक्ष दिल बहादुर सिंहले टिकट वितरणप्रति औपचारिक
रुपमा असहमती जनाएपछि विवाद छताछुल्ल भएको हो ।
नेकपा एमाललेको टिकट वितरण गर्दा प्रतिनिधि सभामा भैरब बहादुर सिंह र प्रदेश सभाका लागि ‘क’ बाट अर्जुन बहादुर पथापालाई टिकट दिइएको छ । जसमा थापा भिम रावल नजिकका हुन भने सिंह माधव नेपाल नजिकका हुन । बझाङ्ग ‘ख’ मा भने माआवादी केन्द्रकी देवकी मल्ललाई उम्मेद्वार बनाएको छ ।
विवेकशील साझा पार्टीबाट प्रतिनिधि सभाका लागि मीन बहादुर सिंह उम्मेद्वार बनेका छन् । उनी नेकपा एमाले निकट नेताका रुपमा परिचित छन् । प्रदेश सभाका लागि बझाङ्ग ‘क’ बाट मोहन बहादुर सिंह र ‘ख’ बाट रविन्द्र बमले उम्मेद्वारी दिएका छन् । सिंह र बम नेकपा एमाले अखिलको राजनीतिबाट आएका युवा नेता हुन् । तीनै जनाले एमालेबाट विवेकशील साझामा प्रवेश गरेका हुन् ।
यसरी समग्र राजनीतिक अवस्थालाई विश्लेषण गर्दा बझाङ्गमा नेपाली कांग्रेस बलियो देखिएको छ ।