बझाङ्गमा पृथ्बी अघि अघि भैरव पछि पछि, प्रतिनिधि र प्रदेश सभा दुबैमा कांग्रेस बलियोः वामगठबन्ध भित्र चुलिदो असन्तुष्टि

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार पृथ्वी बहादुर सिंह चुनावी प्रतिस्प्रर्धामा अघि देखिएका छन् र कार्यक्रम तथा लोकप्रियताको हिसावले निकै बलियो रहेका सिंहलाई पछ्याउन वामगठबन्धनका भैरव बहादुर सिंहलाई हम्मे हम्मे परेको छ । कांग्रेस भित्रको एकता र वामगठबन्धन भित्रको असन्तुष्टिको कारण पनि कांग्रेस उम्मेद्वार सिंहलाई चुनाव जित्न सजिलो भएको दाबी गरिएको छ ।

बझाङ्ग जिल्लाको पछिल्लो राजनीतिक माहोल हेर्दा कम्युनिष्ट गठबन्धन भन्दा नेपाली काग्रेस बलियो देखिएको छ । नेपाली कांग्रेसको चुनावी अभियानले गाउँ गाउँसम्म पुग्दा पनि एमाले माओवादी गठबन्धन अन्योलमै रुमालिएको छ । नेकपा एमाले भित्र टिकट वितरणमा बढेको असन्तुष्टिको कारण उनीहरुको सक्रियतामा कमी आएको छ । जसरी निर्वाचन प्रचारमा लाग्नु पर्ने त्यसरी उनीहरु खटिएका छैनन् ।

नेपाली कांग्रेसले प्रतिनिधि सभाका लागि निवर्तमान पार्टी सभापति पृथ्वी बहादुर सिंहलाई उम्मेद्वार बनाएका छ । उनी बझाङ्ग जिल्लाका लोकप्रिय नेता हुन । प्रदेश सभाका लागि बझाङ्ग क बाट निर्वतमान संसद चन्द्रा देवी जोशी र ख बाट पूर्व राज्यमन्त्री नरेश बहादुर सिंहलाई उम्मेद्वार बनाएको छ । तीनै जना नेता व्यक्तित्व तथा नेतृत्व क्षमता भएका केन्द्रीयस्तरका नेता हुन् ।

पछिल्लो समयमा आएर नेपाली कांग्रेसका नेताहरु एक ढिक्का भएर चुनावी अभियानमा लागेका छन् । नेपाली कांग्रेसका नेता डा. सुरेश मल्ल, पूर्व जिल्ला सभापति चेतराज बज्याल, पूर्व पार्टी सभापति सत्यराज भण्डारी, युवा नेता जगतप्रसाद जोशी लगाएतका सबै नेताहरु पार्टीलाई निर्वाचनमा जिताउन लागि परेका छन् । जसले गर्दा बझाङ्ग कांग्रेसमय भएको छ ।

नेकपा एमाले तथा माओवादी भित्रको असन्तुष्टि अहिले पनि जहाँको त्यही छ । यो भुसको आगो जस्तै तल्लो तहका कार्यकर्तासम्म फैलिदै गइरहेको छ । जसको कारण नेता तथा कार्यकर्ता निस्कृय भएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष दिल बहादुर सिंहले टिकट वितरणप्रति औपचारिक रुपमा असहमती जनाएपछि विवाद छताछुल्ल भएको हो ।

नेकपा एमाललेको टिकट वितरण गर्दा प्रतिनिधि सभामा भैरब बहादुर सिंह र प्रदेश सभाका लागि क बाट अर्जुन थापालाई टिकट दिइएको छ । जसमा थापा भिम रावल नजिकका हुन भने सिंह माधव नेपाल नजिकका हुन । बझाङ्ग ख मा भने माआवादी केन्द्रकी देवकी मल्ललाई उम्मेद्वार बनाएको छ ।

माओवादी भित्र पनि देवकी मल्ललाई टिकट दिएपछि विवाद भएको छ । जिल्लाका माथिल्लो तहका नेताहरुमा असन्तुष्ट देखिएका छन् । निवर्तमान संसद जनक बुढा, २०७० सालमा पार्टीको तर्फबाट उम्मेद्वार हरी कुवर तथा अन्य माओवादी नेताहरु पनि टिकट वितरणप्रति असन्तुष्ट रहेको एक श्रोतले जानकारी दियो।

 

  • ४ मंसिर २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !