काठमाडौं । नेपाली सेनालाई निर्वाचन विथोल्ने खालका गतिविधि भए गोली हान्ने अधिकार दिइएको छ । रक्षामन्त्री भीमसेनदास प्रधानले कसैले निर्वाचन बिथोल्न खोजे सेनाले गोली हान्नेसम्मको अधिकार दिइएको बताएका छन् ।
कसैले निर्वाचन विथोल्न खोज्ने वा अवरुद्ध गर्न खोजेमा नेपाली सेनाले गोली हान्ने अधिकार पाएको रक्षमन्त्री प्रधानले जानकारी दिए । काठमाडौंमा आयोजित एक कार्यक्रममा रक्षामन्त्री प्रधानले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाताहरुको भरपर्दो सुरक्षा प्रबन्ध गरेकोले ढुक्क भएर मतदान गर्न आग्रह गरे ।
दोस्रो चरणको निर्वाचनमा ३८ हजार नेपाली सेना परिचालन हुने समेत मन्त्री प्रधानले जानकारी दिए ।