काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेकपा एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता एकता भाँड्न विभिन्न हल्ला चलाए पनि पार्टी एकीकरण नरोकिने दाबी गरे ।
प्रवक्ता भुसालले पदीय भागबण्डाले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरणलाई कुनै असर नगर्ने बताउँदै “दुई पार्टीका अध्यक्षबीच भएको सहमति र पार्टी एकता संयोजन समितिको संवाद अनुरुप नै पार्टी एकीकरण छिट्टै हुन्छ, पदीय भागबण्डाको विषयले पार्टी एकीकरणमा कुनै असर नगर्ने बताए ।
पार्टी एकीकरणपश्चात् कसले सरकारको नेतृत्व गर्ने भन्ने कुरा गौण रहने बताउँदै उहाँले पछिल्लो समयमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा देखिएको कमजोरीका कारण पार्टी एकीकरण विषयको छलफलमा ढिलाइ भए पनि उहाँको स्वास्थ्यमा सुधार आएसँगै पार्टी एकीकरणले तीव्रता पाउने स्पष्ट पारे ।
अब बन्ने वाम गठबन्धनको नयाँ सरकारले देशलाई आर्थिक समृद्धितर्फ लाने बताउँदै उहाँले स्वदेशमै रोजगारको सिर्जना गरी दक्ष जनशक्तिलाई विदेश पलायनबाट रोक्ने बताए ।
प्रवक्ता भुसालले नैतिकताका आधारमा यो सरकारले छिटो सत्ता छाड्नु पर्नेमा जोड दिदै यथाशीघ्र राष्ट्रियसभाको निर्वाचन गरी नयाँ सरकार गठनको प्रक्रियालाई सहज पार्नुपर्ने जोड दिए ।