दिपायल । सरकारले प्रदेश नम्बर ७ को राजधानी कैलाली तय गरेको अपुष्ट खबर बाहिर आएपछि डोटीमा अनिश्चितकालिन आमहड्ताल गरिएको छ । बुधबारदेखि दिपायललाई प्रदेश नम्बर-७ को राजधानी कायम हुनुपर्ने माग गर्दै डोटीमा अनिश्चितकालीन आमहडताल आह्वान गरिएको छ । विगत ८ दिनदेखि विभिन्न विरोधका कार्यक्रमहरु हुँदै आइरहेका थिए ।
प्रदर्शनकारीहरुले सडक अवरुद्ध गरेका छन् । बुधबार बिहानैदेखि डोटीका विभिन्न स्थानमा स्वतस्फूर्तरुपमा जुलुस तथा र्याचली निस्किएको थियो । ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिएको छ । डोटीसहित अछाम र बाजुराबाट तराईका जिल्लातर्फ जाने र तराईबाट पहाड उक्लने सवारी–साधनहरु पूर्णरुपमा ठप्प रहे ।
आमड्तालको कारण बुधबार सरकारी तथा गैह्रसरकारी कार्यालय, विद्यालय, बजारसमेत बन्द भएको छ । संघर्ष समितिले क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा तालाबन्दीसमेत गरेको छ ।
दिपायलमा प्रदर्शन गरिरहेको एक भीडले क्षेत्रीय प्रशासन कार्यालय र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दिपायलमा ढुंगामुडा गरेको थियो । ढुंगामुडाबाट सो कार्यालयका केही सिसाहरु टुटफुट भएका छन् ।
डोटी तथा सुदूरपश्चिबात प्रतिनिपधत्व गर्ने नेता बिरुद्ध नारबाजी समेत भएको छ ।
प्रदर्शनकैक्रममा आन्दोलनकारीहरुले सरकार तथा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेताहरुविरुद्धसमेत नाराबाजी गरेका थिए । आन्दोलनले विस्तार उग्र रुप लिदै गइरहेको छ । बिहीबारदेखि अझ कडा आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ ।