अमेरिका – टेक्सास राज्य अन्तर्गत ड्यालसको गारल्याण्डमा रहेको एक ग्याँस स्टेशनमा एक नेपालीको गोली हानी हत्या भएको छ । ग्याँस स्टेशनमा लुटपाट गर्न अाएक व्यक्तीले गोली हनी ती नेपालीको हत्या गरेको अमेरिकी संचार माध्यमले जनाएका छन् ।
ब्रोडवे एभेन्यूमा स्थित एक्जोन ग्याँस स्टेशनमा शनिबार राति लुटपाट भएको थियो । ३५ वर्षिय ती नेपाली उक्त ग्याँस स्टेशनका संचालक थिए । मृतकका परिवारले उनको नाम सार्वजनिक नगर्न आग्रह गरेका छन् ।
गारल्याण्ड प्रहरीलाई उधृत गर्दै स्थानीय सिबिएस डिएफडब्लु अनलाइनले जनाए अनुसार शनिबार मध्यरातमा दुई व्यक्तिहरु पसेर लुट्न खोजेपछि प्रतिरक्षाको क्रममा उनको गोली हानी हत्या भएको थियो ।
ग्याँस स्टेशनमा कार्यरत रहेकै अवस्थामा दुई वर्ष अघि टेक्ससकै डेन्टनमा नेपाली समिरा शिवाकोटीको हत्या भएको थियो । पछिल्लो समयमा ड्यालस र वरपर ग्याँस स्टोरमा लुटपाट बढ्दै गएको छ ।
फोटो साभारः सीबीएस डिएफडब्लु