शैलेन्द्र झा । रौतहट । श्रीदेवी माध्यमिक विद्यालय सखुअवामा खानेपानीको लागि हैण्डपाम्प जडान शूरु हुन थालेपछि विद्यार्थीहरु हर्षित भएका छन् ।
विद्यालयमा खानेपानीको अभाव रहेकोले विद्यार्थीलाई तिर्खा लाग्दा विद्यालय वाहिर गएर पानी खानु परेको बाध्यतलाई हटाउन खानेपानीको लागि हैण्डपम्प जडान गर्न लागेको प्रधानाध्यापक बुनीलाल प्रसाद यादवले बताएका छन् । विद्यालयमा हैण्ड पाम्प रहेपनि खानेयोग्य पानी नरहेकोले विद्यार्थीहरुलाई समस्या हुँदै आएको थियो ।
अार्थिक अभाका कारण हैण्डपाम्प जडान हुन नपाएको विद्यालयले जनाएको थियो । प्रधानाध्यापक यादवको सक्रियतामा भएको पहलले खाने योग्य हैण्डपम्प जडान शुरु भएको हो । अभियान नेपालको सहयोगमा खानेपानीको समस्या हटने बताएका छन् ।
यसैगरी विद्यायलमा विधुत जडान नभएकोले कम्प्युटर संचालनमा समस्या आएकोलाई समाधान गरेको प्रधानाध्यापक यादवले बताए । वडा अध्यक्षसँग विधुत जडानको लागी पहल गरेको प्रअ यादवले बताएका हुन । विद्यालयका कोठा निर्माणधिन लाई निर्माणका लागी माधव नारायण नगरपालिकाका प्रमुख विरेन्द्र यादवलाई गुहारेको प्रअ यादवले बताएका छन । नगर प्रमुख यादवको पहलमा निर्माणधिन कोठा अव निर्माण हुने नगर प्रमुख यादवले प्रतिवद्धता जनाएको छ ।