काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध भएका छन् । सभामुख पदका लागि आज भएको उम्मेदवारी मनोनयनमा उहाँको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएका छन् । नेपाली कांग्रेसले सभामुखमा उम्मेद्वारी नदिएपछि उनी सर्वसम्मत निर्वाचित भएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित सभामुख पदमा उम्मेदवारी नदिएको जनाएको छ ।
नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका नेता देव गुरुङको समर्थनमा उहाँले आज निर्धारित निर्वाचन तालिकाअनुसार उम्मेदवारी दर्ता गरिएको थियो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सिंगो संसद्को नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक मत नरहोस् भन्ने मनसायमा साथ उम्मेदवारी नदिएको स्पष्ट पार्नुभयो । सचिवालयले भोलि फागुन २६ गतेका लागि सभामुखको निर्वाचन र निर्वाचनका लागि आज बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको थियो। यद्यपि उहाँ निर्वाचित भएको औपचारिक घोषणा भने शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा गरिनेछ ।