काठमाडौं। विश्वकप फुटवल अन्तरगत स्पेन र पोर्चुगल नकआउट चरण अर्थात अन्तिमा १६ मा प्रवेश गरेका छन् ।
मंगलबार राति भएको खेलमा बराबरी खेल्दै स्पेन र पोर्चुगलले समुहका तीन खेलबाट ५-५ अंक जोड्दै अन्तिमा १६ मा प्रवेश गरेका हुन ।
मंगलवार भएको समुह बी को खेलमा स्पेनले मोरक्कोसँग २-२ गोलको बराबरी खेलेको थियो । ९० मिनेटसम्म २१ ले पछि परेको स्पेनका लागि ईयागो आसपासले ईन्जुरी समयमा बराबरी गोल गरेका हुन् । बराबरीपछि स्पेन समुह विजेता बन्दै अर्को चरणमा उक्लिएको छ । अर्को चरणमा स्पेनले समुह ए को उपविजेता रुसको सामना गर्नेछ ।
मंगलवार नै भएको अर्को खेलको १४ औं मिनेटमा मोरक्कोका खालिद बौताएबले गोल गर्दै टोलीलाई अग्रता दिएका थिए ।
१९ औं मिनेटमा ईस्कोले एक गोल फकाउँदै खेल बराबरी गरे । दोस्रो हाफको ८१ औं मिनेटमा योसुफ एन नेसिरीले एक गोल गरेपछि खेलमा मोरक्कोले दोस्रो पटक अग्रता लियो ।