शीतलहरले अस्पतालमा बिरामीको संख्या बढ्यो, तीन दिनका लागि विद्यालय बन्द

आजभोलि

सिराहा । सिराहामा चिसो बढेसँगै अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ । करिब तीन चार दिनदेखिको चिसोले अस्पतालमा बिरामीको संख्या बढ्न थालेका हुन् । चिसोले गर्दा मानिसहरु बिरामी पर्न थालेका छन् । अत्याधिक चिसोले विशेष गरी कोल्ड डायरिया, दम, खोकीले सर्वसाधारणलाई सताएको चिकित्सकहरु बताउँछन् ।

अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बनेपछि स्थानीय तहहरुले विद्यालयमा पनि बिदा दिन थालेका छन् । जिल्लाको मिर्चैया नगरपालिका, अर्नामा गाउँपालिकालगायतका पालिकाले १९ देखि २२ पुससम्म तीन दिनका लागि विद्यालय बन्द गरेका हुन् ।

शीतलहरका कारण सिराहा, कर्जन्हा, मिर्चैया, धनगढीमाई र सुखीपुर नगरपालिका, भगवानपुर, नवराजपुर, नरहा, औरही, अर्नामा र विष्णुपुर गाउँपालिकाले तीन दिनसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

अर्नामा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन सिंहले मौसममा देखिएको प्रतिकूलतालाई मध्यनजर गरेर शुक्रबारसम्मका लागि विद्यालय बन्द गर्न अनुरोध गरिएको जानकारी दिएको छ । उनले‘ चिसोले बालबालिकाहरुको नियमित पठनपाठनमा हुने असहजतालाई मध्यनजर गरी विद्यालय बन्द गरिएको बताए ।

दुई दिनदेखि एकाएक चिसो बढेकाले पालिकाहरुले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नरहा गाउँपालिकाका शिक्षा शाखा अधिकृत देवशंकर यादवले बताए ।

जिल्लाका अधिकांश पालिकाहरुले सूचना जारी गर्दै चिसोका कारण पठनपाठनमा समस्या भएकाले विद्यालयमा तीन दिनको बिदा दिएका छन्।

सोमवार बिहानदेखि बाक्लो हुस्सु र ठण्डी हावाले एकाएक अत्यधिक चिसो बढेको छ । चिसोले खास गरेर विद्यालयका बालबालिका, जेष्ठ नागरिक, विपन्न गरिब मजदुर वर्ग बढी प्रभावित भइरहेको छ । बाक्लो हुस्सुकै कारणले सिराहाबाट बिहानै चल्ने सार्वजानिक सवारीसाधनसमेत प्रभावित भएका छन् ।

चिसोबाट जोगिन अति आवश्यकबाहेक सर्वसाधारण घर बाहिर ननिस्कँदा सिराहाबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसधानमा यात्रुहरुको संख्या अत्यन्त न्यून देखिन थालेका छन् । तराई मधेसका जिल्लाहरुमा पुस र माघमा शीतलहरले बढी प्रभाव पार्ने गरेको छ ।

सिरहाका गाउँघरहरुमा शीतलहर सुरु भएसँगै आगो ताप्ने क्रम बढेको छ । गाउँघरमा अहिले गुइँठा, दाउरा र परालका आगो बालेर चिसो छल्ने गरेको स्थानीय बताउँछन् । चिसोले गर्दा बालबालिकासँगै वृद्धवृद्धा, र दैनिक ज्याला मजदुरी गर्नेहरू मार्कामा परेका छन् ।

  • २० पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !