सन् २०५० सम्ममा ६ प्रतिशत बनस्पति र जनावर लोप हुने  

आजभोलि

न्युयोर्क । उत्सर्जन जारी रहे सन् २०५० सम्ममा ६ प्रतिशत वनस्पति र जनावर लोप हुने र शताब्दीको अन्त्यसम्ममा यो संख्या १३ प्रतिशतमा पुग्ने हालै प्रकाशित अध्ययनमा अनुसन्धानकर्ताहरूले बताएका छन् । सन् २१०० सम्ममा २७ प्रतिशत वनस्पति र जनावरहरू लोप हुने पनि अनुसन्धानमा उल्लेख छ ।

आइयुसीएनद्वारा अनुगमन गरिएका १ लाख ५० हजार ३८८  प्रजातिहरू मध्ये ४२ हजारभन्दा बढी बोटबिरुवा र जनावरका प्रजातिहरू लोप हुन सक्ने अध्ययनले अनुमान गरेको छ ।

अध्ययनले तापक्रममा वृद्धिले पृथ्वीमा जीवनको सञ्जाललाई असर गर्ने चिन्ताजनक तस्बिर पनि चित्रण गरेको छ । खराब अवस्था जारी रहे सन् २१०० सम्ममा २७ प्रतिशत वनस्पति र जनावरहरू लोप हुने अध्ययनमा उल्लेख छ ।

अध्ययन साइन्स एडभान्स जर्नलमा प्रकाशित छ ।

  • २० पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !