जग्गाको कित्ताकाट खुल्यो

आजभोलि

म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै जग्गाको कित्ताकाट खुलेको हो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले मालपोत कार्यालय तनहुँका प्रमुख चिरञ्जीवी पौडेल, तनहुँ नापी अधिकृत कृष्णप्रसाद आचार्य, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई वर्गीकरण पुस्तक तथा पत्र हस्तान्तरण गरी कित्ताकाट खुलेको जनाइएको छ ।

जग्गाको कित्ताकाट खुला भएको पुस्तक हस्तान्तरण भएसँगै म्याग्दे गाउँपालिका तनहुँको जग्गाको कित्ताकाट खुलाउने पहिलो पालिका बनेको छ। २०७९ साउनदेखि रोकिएको जग्गाको कित्ताकाट अब गाउँपालिकामा खुलेको मालपोत कार्यलयका प्रमुख पौडेलले बताए ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको च नं ४६९ मिति २०७९।२।२७, च नं १६१ मिति २०७९।४।३१, चनं २५८ मिति २०७९।५।१९ र चनं ४६९ मिति २०७९।८।११ को परिपत्रबाट प्राप्त निर्देशन साथै भूउपयोग ऐन, २०७६ को दफा ४ तथा भूउपयोग नियमावली, २०७९ को नियम ५, अनुसूची १ मा भएको व्यवस्थाको आधारमा गाँउपालिकाले विभिन्न चरण पार गरी पालिकाभित्रको जग्गा वर्गीकरण गरिएको थियो ।

जग्गा वर्गीकरणको पुस्तक स्थानीय भूउपयोग परिषद्बाट स्वीकृत गरी कार्यान्वयनका लागि नापी कार्यालय तनहुँ, मालपोत कार्यलय तनहुँ, सङ्घीय भूउपयोग परिषद् (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबार, नापी विभाग मीनभवन काठमाडौँ, प्रदेश भूउपयोग परिषद् (भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी  निवारणमा पत्र पठाइएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।

यससँगै गाउँपालिकाको गाउँ कार्यपालिकाले बनाएको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (२) तथा उपदफा (३) बमोजिम आमनागरिकको जानकारीका लागि खण्ड ६, सङ्ख्या १, विसं२०७९ मङ्सिर २३ गतेको स्थानीय राजपत्रमा समेत प्रकाशित गरिएको थियो ।

प्रमुख मालपोत अधिकृत पौडेलले म्याग्दे गाउँपालिकाले भूमि व्यवस्था सहकारी तथा गरिबी मन्त्रालयको निर्देशन समयमा नै पूरा गरी स्थानीयवासीलाई सहज वातावरण तय गरिदिएको बताए । आमनागरिकको चासो तथा सरोकारको विषयमा गाउँपालिकाले देखाएको क्रियाशीलताले खुसी लागेको उनले बताए । जिल्लाका अन्य पालिकाले पनि जग्गाको वर्गीकरण अविलम्ब गरी जनताको चासोलाई सम्बोधन गर्न पौडेलले सुझाव दिए ।

जग्गाको वर्गीकरणसँगसँगै अब गैरकृषि क्षेत्रमा चार आना एक पैसा र कृषि क्षेत्रमा दुई रोपनी जग्गाको कित्ताकाट गर्न पाउनेछ । यो निर्णय कार्यान्वयन भएसँगै पालिकाभित्रका जग्गाको कित्ताकाट खुला हुँदा आमनागरिकलाई ठूलो राहत हुने गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए ।
‘पालिकाका आमनागरिकको समस्या समाधानमा प्रयत्नशील छौँ, यसको सुरुआत भएको छ,’ श्रेष्ठले भने ।

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !