बझाङको सदरमुकाममा सिसि टिभी जडान गरियाे 

आजभोलि

अर्थ जङ्ग शाही  
बझाङ । बझाङको सदरमुकाम रहेकाे चैनपुर बजारमा सिसि टिभी क्यामरा जडान गरिएको छ ।  चैनपुर बजारमा सिसि क्यामेरा जयपृथ्वी नगरपालिकाले जडान गरेको हो । दैनिक चोरीका घटनाहरु बढे पछि त्यसको निगरानी गर्न सिसि टिभी क्यामरा जडान गरिएको बताइएको छ ।

बजारका मुख्य मुख्य ठाउँहरुमा सिसि क्यामेरा जडान गरिएको जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्मरराज जोशीले जानकारी दिएका छन् ।

करिब पाँच लाखको लगानीमा १६ वटा क्यामेरा जडान गरेको उनले जानकारी दिए । बजारमा जोडिएका क्यामेराको कन्ट्रोल जिल्ला प्रहरी कार्यालय बझाङमा रहेको छ ।

अब चोरी र झै झगडा गर्नेहरुको रेकर्ड सिसि क्यामेराबाट हेर्न सकिने जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी तथा इन्सपेक्टर रमेशदत्त अवस्थीले बताए । बजार क्षेत्रमा आवश्यकता अनुसार सिसि क्यामेरा जडान भएपछि प्रहरीलाई पनि सहज भएको अवस्थीको भनाई छ ।

सदरमुकाम चैनपुर बजारमा सिसि क्यामेरा जडान भएपछि त्यसले सुरक्षित वातावरण बनाउने स्थानीयबासीहरुले बताए । डुङ्ग्री पुल, पानकोट पुल, खुल्ला मञ्च, लोकतान्त्रीक चोक, देविथान मन्दिर, सुर्मा टोल, लगायतका स्थानमा क्यामरा जडान गरिएको छ ।

सीसी क्यामेराको जडानसँगै सुरक्षित नगरको कार्य थालनी भएको उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलिले बताए । आफुहरुको पहिले देखिको माग नगरपालिकाले सम्बोधन गरेको र सीसी क्यामेराको जडान कार्य महत्वपूर्ण रहेको बताउँदै सुरक्षित सहर निर्माणमा आफूहरू सहकार्य गर्न तयार रहेको सुर्मेलिले बताए । सीसी क्यामेरा जडानसँगै बजार क्षेत्रका व्यापारीहरूले सुरक्षित महसुस गर्ने समेत अध्यक्ष सुर्मेलिको भनाई छ ।

  • २३ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !