माघीको तयारीमा थारू समुदाय

आजभोलि

बेदकाट । कञ्चनपुरका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् । सबैभन्दा ठूलो पर्वको रुपमा रहेको माघी नजिकिँदै गएसँगै थारु बस्तीमा उल्लास सुरु भएको छ । त्यस बस्तीमा माघी सम्बन्धी गीत पनि गुञ्जिन थालेका छन् ।

माघी धुमधामसँग मनाउन तयारीमा जुटेको बेदकोट नगरपालका–५ का सुरज चौधरीले बताए । “बस्तीमा पर्वको रौनक बढेको छ, अहिले थारुहरु जङ्गलबाट सालको पात टिपेर ल्याउने, दुनाटपरी बनाउने, कुटानीपिसानी गर्नेलगायत कार्यमा जुटेका छन्,” उनले भने, “हामी माघीलाई नयाँ वर्षको रुपमा मनाउँछौँ ।” माघ १ गतेदेखि थारू नयाँ संवत् सुरुवात हुने थारु समुदायको मान्यता छ ।

उनीहरु माघीमा बङ्गुरको मासु नभइ नहुने परिकारको रुपमा लिन्छन् । “माघमा बङ्गुर नभएकाले त्यसको तयारीमा अहिले देखिनै जुटेका छन्,” सुरजले भने, “मासु लिनेको लिस्ट माघीपूर्व नै बनाइसकेका हुन्छौँ ।”माघीमा चामलको पिठोबाट परम्परागत परिकार ढिक्री बनाउने गरिन्छ । ढिक्री खानका लागि चामलको पिठो बनाउन कुटानीपिसानीको काम भइरहेको भीमदत्त नगरपालिका–१८ की लक्ष्मी चौधरीले बताइन् ।

“विस्तारै विस्तारै गाउँघरका सबैजना तयारीमा जुटेको देखिन्छ,” उहाँले भन्नुभयो, “हाम्रो पनि तयारी भइरहेको छ ।”माघीको अवसरमा विभिन्न ठाउँमा माघी मिलन कार्यक्रमसमेत आयोजन गरिन्छ । उक्त समुदाय अहिले माघी मिलनको कार्यक्रमको तयारीमा समेत रहेको छ । माघी माघ महिनाभर मनाउने गरिएको बेदकोट नगरपालिकाका प्रदीप रानाले बताए । “पुस अन्तिम दिनदेखि पर्व सुरु हुन्छ, पहिलो दिन वर्षभरिको दुःख पीडा बिर्सेर मासु, भातलगायत मीठा परिकार खाएर रमाउने चलन छ,” उनले भने, “ सखिया, लठ्ठी नाच देखाउँदै घर घरमै गएर सानालाई आर्शिवाद दिने र ठूलाबाट आर्शिवाद लिने गरिन्छ ।”

प्रदिपका अनुसार माघ १ गतेका दिन सबेरै उठेर नजिकैको नदी, तलाउमा नुहाएर पूजापाठ गर्ने प्रचलन छ । यसैगरी एकअर्कालाई भेटघाट गरेर शुभकामना आदानप्रदान गर्नाका साथै ढिक्री, मासुलगायत परिकार खाएर पर्व मनाउने गरिन्छ । पर्वको दोस्रो दिन नयाँ वर्ष रहेकाले सबैसँग मीठो बोल्ने, खराब आचरण त्याग्नेलगायतको शुभकार्य सुरुवात गर्ने प्रचलन थारु समुदायमा छ ।

  • २४ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !