कास्कीमा सार्वजनिक ठाउँमा धुम्रपान गरे १ सय जरिवाना

आजभोलि

पोखरा । कास्कीका सार्वजनिक स्थलहरुमा धुम्रपान गरे अब जरिवाना लाग्ने भएको छ । माघ १ देखि सार्वजनिक ठाउँमा धुम्रपान गर्नेलाई १ सय रुपैयाँ जरिवाना गर्ने नियमलाई कडाईका साथ कार्यान्वयन गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीलगायत संघ संस्थाहरुले सरकारले जारी गरेको ऐन कडाइका साथ कार्यान्वयन गर्ने जनाएको हो ।

त्यसैका लागि जिल्ला प्रशासन कार्यालयले सरोकारवालासँग छलफल गरेको छ । अब माघदेखि सार्वजनिक स्थलमा धूम्रपान सेवन गरेमा १ सय रुपैयाँ जरिवाना गर्ने प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । त्यसका लागि पुस मसान्तभित्र सबैलाई जानकारी गराउने उनले बताए ।

कास्की जिल्ला प्रहरी प्रमुख एसपी अजय केसीले नियम कार्यान्वयनका लागि आफुहरु तयार रहेको बताए । गण्डकी प्रदेश सभाले सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन सम्बन्धि छुट्टै कानून पास गरेको छ । तर उक्त ऐन अहिलेसम्म कार्यान्वयनमा आएको छैन । जिल्ला प्रशासनमा भएको छलफलबाट प्रचारप्रसार, समन्वय तथा अनुगमन समिति बनाइएको छ ।

स्वास्थ्य कार्यालय कास्कीका प्रमुखको संयोजकत्वमा बनेको समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह, सामुदायिक प्रहरी सेवा कास्की, जिल्ला समन्वय समिति र यसका ७ वटा शाखाका प्रतिनिधि रहेका छन् । नागरिक समाज, पत्रकार महासंघ कास्की, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ र रिकभरि नेपालका प्रतिनिधिहरु पनि समितिको सदस्य छन् ।

  • २५ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !