क्यानेडियन नागरिकलाई अध्यागमनमा बुझाइयो

आजभोलि

काठमाडौं । ठमेलभित्र अनैतिक क्रियाकलाप गरी घरधनी तथा व्यवसायीलाई दुःख दिने क्यानेडियन नागरिकलाई पक्राउ गरी अध्यागन विभागलाई बुझाइएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले पर्यटक प्रहरीसँगको सहकार्यमा आइतबार क्यानडाका नागरिक टारास  टान्सोभलाई ठमेलबाट पक्राउ गरी अध्यागमन विभाग बुझाएको  हो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले विगत ६ महिनादेखि बिना भिसा ठमेल क्षेत्रमा बसेर ठमेलका घरधनी तथा व्यवसायीलाई अनावश्यक दुःख दिने तथा अनैतिक गतिविधिमा सङ्लग्न रहेका पाइएपछि पक्राउ गरी अध्यागमन विभाग बुझाइएको जानकारी दिए ।

“ठमेल घुम्न आउने पर्यटक तथा यस क्षेत्रका घरधनी तथा व्यवसायीलाई लुटपाट गर्ने गरेको उजुरीका आधारमा परिषद्को पहलमा उनलाई पक्राउ गरेका हौँ”, अध्यक्ष शर्माले भने ।

पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पूर्‍याएर स्वदेश फर्काउन अध्यागमनले प्रक्रिया सुरु गर्नेछ ।

  • २५ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !