अभिभावक गुमाएका १० वर्षीय बालकलाई बाबुको काजकिरियाको चिन्ता

आजभोलि

सप्तरी । तिलाठी कोइलाडी गाउँपालिका-४ का १० वर्षीय सकलदेव सदा चिसाेले ज्यान गुमाएका ४५ वर्षीय बाबु देबु सदाको किरियामा बसेका छन् । देबुकाे पाँच दिनअघि राति सुतेकै बेला कठ्याग्रिएर मृत्यु भएक‍‍‍ो थियोे  ।

६ वर्षअघि उनकी आमाकाे पनि कठ्याग्रिएर ज्यान गएकाे थियाे । उनले भने, ´विपन्ता र चिसोले मलाई अनाथ बनायो । दुई छाक टार्नुभन्दा पनि अहिले बाबुको काजकिरिया कसरी उकास्ने भनेने चिन्ता छ।’

उनलाई सहयोग गर्नेहरू पनि अग्रसर भएका छन् । देबु सदाको परिवारलाई गाउँपालिकाका अध्यक्ष  अरुणकुमार मण्डल, वडा नम्बर ४ का वडा अध्यक्ष मुनिलाल मुखिया, वडा नम्बर ५ का वडा अध्यक्ष ललनप्रसाद राउतले राहत सामग्री हस्तान्तरण गरेका छन् ।

गाउँपालिकाको कार्यालयबाट आइतबार ५० किलो चामल, ५ किलो मुरही, ५ किलो दाल, ५ किलो नुन, अढाई किलो खाने तेल, दुई थान ब्ल्यांकेट र एक थान त्रिपाल प्रदान गरिएको गाउँपालिकाका विपद् व्यस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए ।

उक्त अवसरमा जनस्वास्थ्य निरीक्षक दिपक मण्डल, कांग्रेसका नेता शम्भूलाल देवसहितको सहभागिता रहेको थियो ।

  • २५ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !