काठमाडौं । प्रदेश नं.१ का प्रदेश प्रमुख परशुराम खापुङले माघे संक्रान्तिको शुभकामना दिएका छन् ।
उनले थारु जातिले माघी पर्व, लिम्बू जातिले चाँप फुल्ने मौसम कक्फेक्वा तङ्नाम, राई, लिम्बू, याक्खा, सुनुवारले मनाउने यले सम्वत (यलम्बर वर्ष), मगर, छन्त्याललगायत सम्पूर्ण आर्य समुदायले मनाउने माघे संक्रान्तिको शुभकामना व्यक्त गरेका छन् ।
“नेपाली धार्मिक सहिष्णुतालाई जोड्ने यस माघे संक्रान्तिको अवसरमा फेरि पनि देश तथा विदेशमा रहनुभएका सम्पूर्ण सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सद्भाव, सहिष्णुता, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।” शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।