सौतेनी आमाको कुटपिटबाट बालिका गम्भीर घाइते

आजभोलि

खोटाङ । सौतेनी आमाको कुटपिटबाट खोटाङमा बालिका घाइते भएकी छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी सौतेनी आमा चन्द्रकला रिजाल आचार्यको कुटपिटबाट १५ वर्षीय विनिता आचार्य घाईते भएकी हुन् । कुटपिटबाट आँखा र शरीरका विभिन्न भागमा चोट लागेका बालिकालाई उपचारका लागि काठ्माडौं लगिएको छ ।

सौतेनी आमाले बिनितालाई पुस २९ गते दिउँसो कोठामा बसेर पढिरहेको बेला कुटपिट गरेको आफन्त हिरालाल आचार्यले बताए । जिल्ला अस्पतालले रेफर गरेपछि शनिबार तिलगंगा आँखा अस्पताल पुर्‍याइएका बिनितालाई टाउकाको सिटि स्क्यानका लागि आइतबार केएमसी लगिएको छ ।

सौतेनी छोरीलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने चन्द्रकलालाई अनुसन्धानका लागि घटना लगत्तै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । सौतेनी छोरीलाई निर्घात कुटपिट गरेपछि आफन्तले चन्द्रकला विरुद्ध जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि जाहेरी दिएका थिए । कुटपिटबाट बालिकाको दाहिने आँखा बन्द भएको थियो ।

घट्ना लगत्तै जिल्ला अस्पताल लगिएकी विनितालाई टाउको दुख्ने र वान्ता आउने लगायतका समस्या देखिएपछि सोही दिन रेफर गरिएको थियो । अस्पतालले रेफर गरेपनि घर ल्याइएका बिनिताकालाई राती सिकिस्त बनेपछि पुःन अस्पताल लगिएको आचार्यले बताए । घरमा बुवा नभएको बेला बिनिता माथि कुटपिट भएको थियो ।

  • १ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !