कोसी र कमला नदीमा नुहाउनेको भीड

आजभोलि

राजविराज । मकरसङ्क्रान्ति पर्वका अवसरमा आज सप्तकोसी नदीमा नुहाउने (स्नान)को भीड लागेको छ  ।

हिन्दू धर्मावलम्बीले मनाउने मकरसङ्क्रान्ति पर्वमा नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने जनविश्वास छ । कोसी नदीमा सुनसरी र सप्तरी जिल्ला, भारतको विहार राज्यअन्तर्गत सुपोल जिल्लाका विभिन्न गाउँ, सहरका मानिस आज दिनभरि आएको स्थानीय देवनारायण विश्वासले बताए ।

नुहाएपछि स्थानीय मठमन्दिर तथा भारदहमा रहेको कङ्कालनी भगवती मन्दिर र कोसी ब्यारेजमा रहेका हनुमानजीको मन्दिरमा पूजाआजसमेत गर्ने गरेको जनाइएको छ ।

त्यस्तै सिरहाको कमला नदीमा धनुषा र सिरहाका हिन्दू धर्मावलम्बी आज बिहानैदेखि सो नदीमा नुहाउने गरेको कमला सिँचाइ आयोजनाका इन्जिनियर अरुणकुमार यादवले बताए । साँझपख कमला र कोसी नदी छेउमा किनमेलका लागि मेलासमेत लागेको बताइएको छ  ।

  • १ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !