पोष्टमार्टम पश्चात् परिवारलाई शव बुझाइने

आजभोलि

काठमाडौँ । यती एयरलाइन्सले पोष्टमार्टम पश्चात् परिवारजनलाई शव बुझाउने बताएको छ । एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी आइतबार पोखराको सेती नदी खोचमा दुर्घटना परेको नाइन एन–एएनसी–७२ ५०० विमानमा मृत्यु भएका यात्रुको शव परीक्षणपछि परिवार र आफन्तजनको जिम्मा लगाउने बताएको हो ।

दुर्घटनामा मृतकको शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौँबाट पोखरा पुगिसकेको र परीक्षणको प्रक्रिया सुरु गरिसकेकाले पोखरामा बुझ्न चाहने परिवारलाई परीक्षण पश्चात शव बुझाइने सो एयरलाइन्सले जनाएको छ ।

विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवलाई काठमाडौँ ल्याउनका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा पुगिसकेको बताइएको छ । यती एयरलाइन्सले मृतक यात्रुको परिवारका सदस्य वा आफन्तजनलाई थप जानकारीका लागि एअरलाइन्सको काठमाडौँमा पेम्बा शेर्पा (९८०१००७५३१) र पोखरामा स्टेशन म्यानेजर राम लामिछाने (९८०२८२८८००) लाई सम्पर्क गर्न सकिने बताएको छ । यसैगरी, अस्पतालमा हर्क रावल (९८०२८११२२२) र सुष्मा श्रेष्ठ (९८०२८१२१११) सँग सूचना लिन सकिने एयरलाइन्सले जनाएको छ ।

  • २ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !