रूखबाट लडेर वृद्धको ज्यान गयो

आजभोलि

मलङ्गवा ।  सर्लाहीको उत्तरी चुरेक्षेत्रमा पर्ने नारायणखोलामा रूखबाट लडेर आज एक जनाको ज्यान गएको छ । घाँस काट्न रूखमा चढेका लालबन्दी नगरपालिका–१४, नारायणखोला नौबिघाका करिब ५५ वर्षीय रामबहादुर स्याङ्बाको लडेर मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए  ।

पानीमा डुबेर एक जनाको मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बत्तिसआरडीस्थित सुनसरी– मोरङ सिँचाइ आयोजनाको नहरको पानीमा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय वीरबहादुर थापा (हिमाल) रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

नहरमा डुबेर बेपत्ता भएको थाहा पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासी खोज कार्यमा लागिपरेका थिए । बेपत्ता भएको करिब २ घण्टापछि एक किलोमिटर टाढा सेरेचौक नजिक शव भेटिएको थियो । शवपरीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

  • २ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !