गाउँपालिकाद्वारा भाषा ऐन पारित

आजभोलि

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिकाले स्थानीय भाषा ऐन–२०७९ पारित गरेको छ ।

गाउँपालिकाको ११औँ गाउँ अधिवेशनले सो ऐन पारित गरी भाषा आयोगमार्फत स्थानीय मातृभाषा प्रयोग गर्न सङ्घीय सरकारसमक्ष पठाउने प्रक्रिया थालेको छ ।

गाउँपालिकाका शिक्षा शाखाप्रमुख विष्णुबहादुर अधिकारीका अनुसार गाउँसभाले खानीखोला भाषा ऐन–२०७९, खानीखोला प्रज्ञा प्रतिष्ठान ऐन–२०७९ र खानीखोला भाषिक तथा सांस्कृतिक सङग्रहालय ऐन–२०७९ पारित गरेको छ ।

यसअघि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले स्थानीय भाषा ऐन, प्रज्ञा प्रतिष्ठान ऐन र भाषिक तथा सांस्कृतिक सङग्रहालय ऐन पारित गरेको थियो । स्थानीय भाषाको संरक्षण एवं प्रवद्र्धनका लागि ती ऐन गाउँसभाबाट पारित गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए ।

संविधानमा उल्लिखित भएको मौलिक हकअनुसार गाउँ सभामार्फत ऐन पारित गरी, मातृभाषाको प्रवद्र्धनमा योगदान पु¥याउने लक्ष्य रहेको अध्यक्ष थिङले बताए ।
सो गाउँपालिकामा तामाङ र मगर समुदायको बाक्लो बस्ती रहेका छन् । थिङका अनुसार यस गाउँपालिकामा भाषा आयोग नेपालबाट मातृभाषामा शिक्षासम्बन्धी एकीकृत अध्ययन गरी राष्ट्रपतिमार्फत वार्षिक प्रतिवेदन बुझाइ नेपाल सरकारसमक्ष मातृभाषामा शिक्षा लागू गर्न सिफारिससमेत गरिएको छ ।

उनले ऐनअनुसार स्थानीय विद्यालयका लागि स्थानीय भाषामा पाठ्यक्रम तयार गरिने बताउँदै गाउँपालिकाले स्थानीय विद्यालयमा स्थानीय पाठ्यक्रम तयार गरी तामाङ मातृभाषा पठनपाठन गर्न चालू आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा बजेटको व्यवस्थासमेत गरेको जानकारी दिए ।

  • ४ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !